Friday, December 16, 2016

वैज्ञानिक योगदान


आज हामी जेजसरी बाँचेका छौँ, एउटा जीवनशैली छ । यी जीवनशैलीहरुमा विज्ञानको योगदान रहेको छ । अहिले कतिपय देशहरुमा त श्वास फेर्न पनि विज्ञान र प्रविधिको प्रयोग हुन्छ । हामीले फोन गछौँ, इन्टरनेट चलाउछौँ, देशविदेशको यात्रा गर्दछौँ, कृषि गर्छौँ, जाडोमा पानी तताउछौँ, गर्मीमा फ्यान चलाउछौँ, केके गर्छौँ भनि साध्य छैन, यी सबैमा वैज्ञानिकहरुको योगदानको हात छ । तर यस्ता काम गर्ने र गर्ने आधार तयार पार्नेहरुबारे हामीले त्यति चासो नदिएका पनि हुन सक्छौँ । सबैको नाम किटान हुन सकेको छैन र भएकालाई पनि हामीले सम्झिन सक्दैनौँ । मानौँ हवाइजहाज बनाउनेभन्दा महगों सिटमा जहाज चढ्नेहरु हाम्रो सम्झनामा रहन्छन् ।

आजकाल जसले जुन कार्य गरे पनि उसको नाम र परिचय जोडिन्छ । तर धेरै पहिलेका वैज्ञानिकहरु जसले हामीले आज बास बस्ने घरहरुको आधार तयार पारिदिए, जसले हामीले खान हुने र नहुने थुप्रै चीजको पहिचान गरिदिए, अनुकूल उचित वातावरणको खोजी गरिदिए, उनीहरुको नाम हामीले जान्न सक्दैनौँ । विज्ञानका क्षेत्रमा योगदान पुर्याउने वैज्ञानिकहरुलाई दुई भागमा बाँडेर हेरिन्छ । एक वर्गका वैज्ञानिकहरु जसको काम र नाम जोडिएको छ, तिनीहरुलाई ज्ञात वैज्ञानिक र अर्का थरी वैज्ञानिक जसको काममात्र थाह छ तर कसले गरे थाह छैन, तिनीहरुलाई अज्ञात वैज्ञानिक भनिन्छ । दुवै वैज्ञानिकहरुका योगदानहरु अविस्मरणीय छन् ।

वर्तमान समयमा काम गर्ने वैज्ञानिकहरु ज्ञात हुन्छन् । उनीहरुको काम र व्यक्तिगत विवरण परस्परमा जोडिएको हुन्छ । वर्तमानमा त प्रयोग गर्नकै लागि प्रयोगशालाहरु पनि बनेका हुन्छन् । तर अज्ञात वैज्ञानिकहरुका लागि त्यस्तो प्रयोगशालीय सुविधा थिएन । जीवन बाँच्दै जाँदा जेजस्ता समस्याहरु आउँछन् उही अनुसार समाधानका उपायहरुको खोजी गर्नु उनीहरुको मूल कर्म थियो । उनीहरुको यही कर्मको जगमा उभिएर आज संसारले यो स्वरुप प्राप्त गर्न सक्षम भएको छ । हामीले ज्ञात वैज्ञानिकहरुको मात्र होइन अज्ञात वैज्ञानिकहरुको योगदानलाई पनि बिर्सनु हुँदैन । अज्ञात वैज्ञानिकहरुको अनन्त सम्झना, उनीहरुमा हार्दिक आभार ।

फेसबुक पेज 'भौतिक विज्ञान'बाट

Monday, December 12, 2016

छोटो जानकारी - Chhoto Janakari - Brief Information: टाउको हल्लाउने समस्याका फाइदा र बेफाइदा - Advantag...

छोटो जानकारी - Chhoto Janakari - Brief Information: टाउको हल्लाउने समस्याका फाइदा र बेफाइदा - Advantag...हामी सामाजिक प्राणीहरु हौँ । हामीमा चेतना छ, अनुशासन छ । सामान्यतः सुनेको र देखेको भरमा टाउको हल्लाउने बानी यत्रतत्र भएको हामी पाउछौँ । यस क्रममा हाम्रो टाउको कहिले कता त कहिले कता हल्लिन पुग्छ । सबै प्रकारका हल्लाइले सबैलाई प्रशन्न वा क्रोधित बनाउँछ भन्ने हुँदैन । टाउको जानाजान यतैतिर हल्लाउँछु भनेर हल्लाउनु र अज्ञानतावश हल्लाउनुमा भने केही फरक हुन्छ । यो साइट खोलेपछि टाउको हल्लाउने समस्याका फाइदाहरु केके होलान् ? भन्ने कुरा यहाँहरुलाई ... for detail, click here.

छोटो जानकारी - Chhoto Janakari - Brief Information: टाउको हल्लाउने समस्याका फाइदा र बेफाइदा - Advantag...

छोटो जानकारी - Chhoto Janakari - Brief Information: टाउको हल्लाउने समस्याका फाइदा र बेफाइदा - Advantag...हामी सामाजिक प्राणीहरु हौँ । हामीमा चेतना छ, अनुशासन छ । सामान्यतः सुनेको र देखेको भरमा टाउको हल्लाउने बानी यत्रतत्र भएको हामी पाउछौँ । यस क्रममा हाम्रो टाउको कहिले कता त कहिले कता हल्लिन पुग्छ । सबै प्रकारका हल्लाइले सबैलाई प्रशन्न वा क्रोधित बनाउँछ भन्ने हुँदैन । टाउको जानाजान यतैतिर हल्लाउँछु भनेर हल्लाउनु र अज्ञानतावश हल्लाउनुमा भने केही फरक हुन्छ । यो साइट खोलेपछि टाउको हल्लाउने समस्याका फाइदाहरु केके होलान् ? भन्ने कुरा यहाँहरुलाई ... for detail, click here.

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: नेपालीहरुको विश्वव्यापी वैज्ञानिक महाअभियान जापानम...

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: नेपालीहरुको विश्वव्यापी वैज्ञानिक महाअभियान जापानम...: देशका विभिन्न जिल्लाहरुमा रहेका विश्वविद्यालय, कलेज, विद्यालय, पुस्तकालय, प्रयोगशाला, अनुसन्धानकेन्द्र आदिमा केही वर्षयता निरन्तर रुपमा कार्यक्रम गर्दै आएको भौतिक शास्त्र पुनर्निर्माण अभियानले स्वदेश तथा विदेशमा विभिन्न सन्जाल गठन गर्न थालेको छ । यसै क्रममा विश्वव्यापी भौतिक शास्त्रीय महाअभियानका रुपमा नेपालबाट थालिएको उक्त अभियान’को जापान सन्जाल समेत गठन भएको छ । उक्त विश्वव्यापी वैज्ञानिक अभियानले जापान सम्पर्क समितिमार्फत् जापानका विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रहरुमा भौतिक शास्त्रसम्बन्धि सचेतना, प्रवचन र परीक्षणहरु प्रदर्शन र सन्चालन गर्ने लक्ष्य राखेको छ । उक्त सन्जालको संयोजकमा संयोजकमा कृष्ण सुवेदी रहेका छन् भने सदस्यहरुमा प्रकाश श्रेष्ठ, रमेश कार्की, विकास सुवेदी र भरत केसी ... For detail information click here ...



The historical and worldwide campaign for physicists 'Physics Reformation Campaign' has recently formed a network in Japan. The Japan network of the campaign is in the leadership of Mr. Krishna Subedi. In the network, Mr. Prakash Shrestha, Mr. Ramesh Karki, Mr. Bharat KC and Mr. Bikas Subedi ... for detail information click here ...



Other related news covered by nepali medias and videos if necessary:

http://www.enayapatrika.com/2016/12/110340

http://www.rastriyakhabar.com/?p=65464

http://www.setoghar.com/news/1213/

https://www.youtube.com/watch?v=Q1-1df2nzb8

http://himaliyuba.blogspot.com/2013/07/blog-post_12.html#.WEhQP9J96aE

http://myagdikali.com/89657.html

https://www.facebook.com/physicsreformationcampaign

http://www.janamanch.com/?p=5963

http://karnalikhabar.com/news/2016/12/05/21167.html